Nepal's Trusted Health Online Portal

उपत्यकामा बिहीबार अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१० भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा नयाँ कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ ।

बुधबार मात्र सबैभन्दा बढी ३०१ जनामा कोरोना संक्रमण पाइएकोमा बिहीबार अझै बढीमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९७ पुगेको छ । बिहीबार मुलुकभरी १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय ६९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.