११ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय ललितपुरकी ६५ वर्षीय महिला, बाराकी २३ वर्षीय महिला, कास्कीकी ३२ वर्षीय महिला, रुपन्देहीकी ७० वर्षीय महिला र बाँकेकी ७० वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै काठमाडौँका एक ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
बिहीबार १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।