११ भदौ, काठमाडौं । सरकारले नेपाल स्वास्थ्य सेवाको एघारौँ तहमा ४ जनालाई बढुवा गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले स्वास्थ्य सेवाको एघारौँ तहमा ४ जनाको पदोन्नती भएको बताएका हुन् ।
पदोन्नती हुनेमा डा.रश्मी शर्मा, डा.बर्षा थापा र श्रीलिली श्रेष्ठ रहेका छन् । उनीहरु तीनै जनालाई लोक सेवा आयोगले सिफारिस गरेको थियो ।
त्यस्तै फार्मेसी समुह तर्फ एघारौँ तहमा भरत भट्टराईलाई बढुवा गरिएको छ । उनलाई औषधी व्यवस्थापकमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।