३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने गरेको दैनिक पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमितको संख्या ५ हजार नाघेको र मृत्यु हुनेको संख्या पनि १६ पुगेको जानकारी दिएका हुन् ।
कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या भने ८ सय ७७ पुगेको उनले बताए । जसमा ७ सय ८६ पुरुष र ९१ महिला रहेका छन् ।