१५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअघि २० हजार हाराहारी कोरोना परीक्षण हुने गरेकोमा पछिल्लो २४ घण्टामा १४ हजार ७५२ मात्रै परीक्षण भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ६ पीसीआर विधी र ७४६ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ४८७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ३४ हजार ७५० अर्थात ७८.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
अब देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाभित्र देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेकोे छ ।