Nepal's Trusted Health Online Portal

गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौँ । सरकारले गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले आमा सुरक्षा कार्यक्रम साथै सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु. १३ अर्ब ८२ करोड विनियोजन गरेको जानकारी दिए ।

प्रदेशमा अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरूको पहिचान, उपचार तथा पुनस्र्थापनाका लागि सेवा प्रारम्भ गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.