Nepal's Trusted Health Online Portal

गैरआयुर्वेद चिकित्सकलाई कार्वाही गर्न आयुर्वेद चिकित्सिक संघको माग

Get real time updates directly on you device, subscribe now.

१९ भदौ, काठमाडौँ । आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता समेत नभएका केहि गैरचिकित्सकहरुले आयुर्वेद चिकित्सा सम्बन्धि भ्रम फैलाएको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले विज्ञप्ति निकालेको छ ।
संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली हस्ताक्षरित विज्ञप्तिमा आयुर्वेद चिकित्सकको नाममा केहि व्यक्तिहरुले सर्वसाधारण र सञ्चार माध्यमहरुलाई समेत भ्रममा पारेको भन्दै सजग गराएको हो ।

संघले ती व्यक्तिहरुले अनुसन्धान समेत नभएका जडीबुटीहरुलाई कोरोनाको औषधी भनी भ्रम फैलाएको तथा आयुर्वेद चिकित्साको सिद्धान्त विपरित अभिव्यक्ति दिएर जनमानसमा भ्रम पैदा गरेको भनेको छ ।

संघले ती व्यक्तिहरुको कारण समग्र आयुर्वेद चिकित्साप्रति नै नकरात्मक धारणा बनेको भन्दै उनीहरुलाई तत्काल कार्वाहीको माग समेत गरेको छ ।

संघले बिपी तिमिल्सिना, पूर्ण शाही, बद्रि गौतम लगायतका व्यक्ति आयुर्वेद तथा प्राकृतिक चिकित्सक नरहेको र काउन्सिलमा दर्ता समेत नभएको जनाएको छ । विज्ञप्तीमा उक्त व्यक्तिहरुले आयुर्वेद चिकित्सालाई समेत बद्नाम गराउन उद्वत रहेकोले भ्रममा नपर्न आग्रह गरिएको छ ।

कोरोना महामारी फैलिएको समयमा केहि युट्युब च्यानल तथा अनलाइन पत्रिकामा आयुर्वेद चिकित्सा नपढेका, परिषद्मा दर्ता नभएका तर गैह्र कानुनी रुपमा आफ्नो नामको अगाडी डा.लेखेर जनमानसमा भ्रम फैलाएको आयुर्वेद चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ ।

आयुर्वेद चिकित्सक बन्नको लागि प्लस टु साइन्स, चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण गरेर तथा प्रवेश परीक्षा पास गरेर साढे ५ वर्ष पढेको हुनु पर्ने साथै नेपाल आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने संघको भनाई छ ।

संघले काउन्सिलमा दर्ता नभएका व्यक्तिले आयुर्वेद चिकित्सा सम्बन्धि सल्लाह दिन, उपचार गर्न तथा आफ्नो नामको अघि डा.लेख्न नपाइने नियम भएको र त्यस्ता गतिविधि गरिएको पाइएमा कारवाहीको भागिदारी हुनुपर्ने समेत उल्लेख गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.