१४ माघ, काठमाडौँ । शुक्रबार देशभर ३०१ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४५ जना भेन्टिलेटर र २५६ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ४ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश नं १ मा ३० जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १७७ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनीमा प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ५ जना आई.सी.यु.मा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ४३२ जना संक्रमित निको भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ ।