६ माघ, काठमाडौं । नेपालमा ५०० बढी कोभिड–१९ संक्रमित हुने जिल्लाको संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमित ५०० नाघेको जिल्लाको सूचीमा धनुषा थपिएको छ ।
धनुषासँगै काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरी १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६४९ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १८ हजार ८०९ अर्थात ९२.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६३२ जनाको मृत्यु भइसकेकोे छ ।