Nepal's Trusted Health Online Portal

कर्णालीमा थपिए ३७ कोरोना संक्रमित, कुल ७०८ मा संक्रमण देखियो

Get real time updates directly on you device, subscribe now.

२८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

योसंगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ । महाशाखाका अनुसार प्रदेश अस्पताल र र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट निको भएर २९ जना घर फर्किसकेका छन । अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । सुर्खेत, दैलेख र डोल्पाका एक/एक जनाको कोरोना कारण मृत्यु भएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.