३० असार, काठमाडौं । प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रुपमा स्थापित गर्न जरुरी रहेको बताएकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा विश्वकर्माले भनिन्, ‘सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेन्डाका रुपमा स्थापित गर्न जरुरी छ ।’
विश्वकर्माले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशिलताका साथ आत्मसात गर्न सरकारलाई आग्रह गरिन् ।
‘हामीले अकालमै फेरी अर्को भाई गुमाएका छौँ । दिवंगत गणेश नेपाली, विवेक मण्डल र अश्विन रावतप्रति हार्दिक श्रद्धाञ्जली ।’ विश्वकर्माले भनिन् ‘देशभर बढ्दै गएका आत्मदाहका प्रयासका घटनाहरुले नागरिकको मानसिक स्वास्थ्यसँगै केही गम्भिर प्रश्न खडा गरिदिएको छ ।’
उनले नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन? भनेर प्रश्न गरेकी छिन् ।
त्यस्तै उनले जसका लागि कानुुन बनाउँदै छौँ उनिहरु नै कतै मारमा त परिरहेका छैनन्? के साँच्चै नागरिकले आफ्नो पिडा सुनाउन, न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नु पर्ने अवस्था आएको हो ?भनि प्रश्न गरेकी छिन् ।
उनले बोल्ने क्रममा ‘एक्सप्रेस वे’मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्दै ट्रक साहित्यको स्मरण समेत गराइन् ।
Comments are closed, but trackbacks and pingbacks are open.