२४ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बिहीबार देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।