Nepal's Trusted Health Online Portal

सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि कांग्रेसले १० करोडको अक्षय कोष स्थापना गर्ने

Get real time updates directly on you device, subscribe now.

२७ साउन, भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बाेल्दै कांग्रेसका महामन्त्री गगन कुमार थापाले साे जानकारी दिएका हुन् ।

प्रजातन्त्रका सेनानी र शहिदका परिवारले आफ्नो योगदानको प्रतिफल पाउन नसकेको बताउँदै महामन्त्री थापाले उनीहरुलाई स्वास्थ्य र शिक्षाको अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको बताए ।

हाल पार्टीमा आवद्ध रहेकाहरुलाई पनि भविष्यमा आफ्नो परिवारको अवस्था के होला भन्ने तनाबबाट मुक्त रहनका लागि पनि उक्त अक्षयकोषले मद्धत पुर्याउने महामन्त्री थापाकाे भनाइ थियाे । कार्यक्रम बाेल्दै महामन्त्री थापाले पार्टी कार्यालयमा स्थपना गरिएको  पुस्तकालयमा प्रजातान्त्रिक आन्दोलनका याेद्वा, प्रजातान्त्र सेनानी लगायतका सामाग्री समेत राखिने जानकारी दिए  ।

महामन्त्री थापाले अहिलेको समयमा “मानिसहरुमा देश सक्किसक्यो, हामी भत्किसयौं, हामी मक्किसक्यौं” भन्ने भाष्य बन्दै गएकाे बताए। मानिसहरुमा सबै नराम्रो मात्र हुँदै छ, राम्रो केही छैन भन्ने विचार धेरैले राख्ने गरेको बताउँदै महामन्त्री थापाले सबै नराम्रो मात्र भने नभएको दाबी गरे । “हामीले सोचेअनुसार प्रगती गर्न सकेनौं, धेरै गर्न सक्ने थियौं, तर विभिन्न कारणले भएन, तर त्यसो भन्दैमा हामी सक्किसक्यौं, मक्किसक्यौं भन्न चाहिँ मिल्दैन ।”, थापाले भने ।

हाल धेरैजस्तो युवाहरुमा विदेश जाने ट्रेन्ड बढिरहेको बताउँदै महामन्त्री थापाले युवा विदेशिनुलाई मात्रै नराम्रो भन्न नमिल्ने बताउनुभयो । रोजगारी र शिक्षाका लागि त विकशित देशका मानिस पनि अन्य देशमा जाने गरेको उदाहरण प्रस्तुत गर्दै महामन्त्री थापाले त्यसैलाईनै नराम्रो भन्न चाहिँ नमिल्ने बताए ।

कमाएर वा पढेर नेपाल फर्किन्छु भन्ने सोच्नु सामान्य हो, तर सबै  बिग्रिसक्यो सोचेर विदेशिनु चाहिँ डरलाग्दो हुने महामन्त्री थापाकाे भनाइ थियाे ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापाले भक्तपुरको राजनीतिक, सामाजिक बिकासमा स्व. श्यामबहादुरकाे अतुलनीय याेगदान रहेकाे बताए । काँग्रेस भक्तपुरमाअहिलेकाे अवस्थामा पुग्न समेत स्व. श्यामबहादुरकाे याेगदान रहेकाे थापाको भनाइ थियाे ।

कार्यक्रममा बागमति प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री शुरज चन्द्र लामिछाने, स्व. श्यामबहादुरका समकालीन एवं कांग्रेस नेता रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष एवं स्व. श्यामबहादुरका जेष्ठ पुत्र बिष्णुराज कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्कीकाे १७ औ स्मृति दिवसकै अवसरमा स्थानीय गणेश आधारभुत बिधालयका १०८ जना विद्यार्थीलाई स्टेशनरी समान, व्याग लगायतका सामान बितरण गरिएको थियाे । प्रतिष्ठानका सचिव प्रदिप कार्कीका अनुसार, साेहि समारोहमा एक सय आठ सातादेखि सरसफाइ अभियान सञ्चालन गर्दै आएको परिस्कृत नेपाल संस्थालाई टिशर्ट, माक्स, ग्लाेव्स लगायतका सामाग्री प्रदान गरिएको थियाे ।

स्व. श्यामबहादुर स्मृति दिवसकै अवसर पारेर नेपाल रेडक्रस साेसाइटीकाे समन्वयमाआयोजना गरिएको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेकाे सचिव कार्कीले जानकारी दिए  ।

कार्यक्रममा  नेपाली काँग्रेस भक्तपुरका पूर्व सभापति महेश श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री कृष्णलाल भँडेल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, महिला संघकी जिल्ला सभापति सरू वानियाँ, नेता कविर राणा लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.