२२ असार, काठमाडौं । बिना मास्क घरबाहिर निस्कनेलाई सरकारले कार्वाही गर्नेभएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्डबारे जानकारी दिएका हुन् ।
बन्दाबन्दीलाई व्यवस्थित बनाउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पालना नगर्ने, मास्क नलगाई घर बाहिर निस्कने व्यक्तिहरुलाई कार्वाही हुने मन्त्रालयले जनाएको छ ।
साथै जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने तथा मास्क नलगाई घरबाहिर निस्कने जो कोहीलाई कार्वाही गर्न गृह मन्त्रालयले सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिईसकेको छ ।
सबैलाई जनस्वास्थ्य मापदण्डको पालना गरी कोभिड–१९ को संक्रमण हुनबाट आफु बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य मन्त्रालयले आव्हान गरेको छ ।