Nepal's Trusted Health Online Portal

हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधीको संयोजन कोरोनाका लागि प्रभावकारी छैन: डब्ल्युएच्ओ

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । निकै अपेक्षा गरिएको हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमितलाई दिइने लोपिनाभिर र रिटोनाभिरको संयोजन कोरोनाको लागि प्रभावकारी नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाको उपचारमा खासै प्रगति देखाउन नसकेको कारण स्वास्थ्य संगठनले कोभिड १९ संक्रमितको उपचारमा यसको प्रयोग नगर्न निर्देशन पनि दिएको छ ।

दुइ औषधीको समिश्रणले कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन असफल देखिएकोले अस्पतालमा भर्ना भएका विरामीमा यो ‍औषधीको प्रयोग रोक्न भनिएको कतारी टेलिभिजन अलजजिराले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ ।

विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधी प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्नसक्ने जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.