Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यका भित्र २३९ जनामा कोरोना संक्रमण, सोमबार थपिए ५४ संक्रमित

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित २३९ जना पुगेका छन् । सोमबार मुलुकभरी थपिएका १८० कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ५४ जना रहेका छन् ।

उपत्यकाको काठमाडौ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पाटन अस्पतालमा भएको पिसिआर परीक्षणमा काठमाडौँका २३ जना, ललितपुरका २० जना, भक्तपुरका १० जना र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

हालसम्म काठमाडौँमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । उपत्यका भित्र अहिले ११७ एक्टिभ संक्रमित रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उपत्यकामा केही दिन यता कोरोना संक्रमितको संख्या बढीरहेको छ । हिँजो आइतबार मात्रै उपत्यकाका ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.