Nepal's Trusted Health Online Portal

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । नेपालमा सोमबार थप एकजनाको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ ।

बागलुङ् निसीखोला गाउँपालिका–०३ का २९ बर्षीय पुरुषको कोभिड–१९ का कारण ज्यान गएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए ।

भारतबाट फर्केपछि ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका उनको असार २१ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कुल संक्रमितमध्ये ४२.७ प्रतिशत संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.