Nepal's Trusted Health Online Portal

सोमबार १८० कोरोना संक्रमित थपिए, संक्रमित संख्या १५ हजार ९६४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२२ असार, काठमाडौं । नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

४ हजार ७२१ जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २५ ओटा प्रयोगशालामार्फत ४ हजार ७२१ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।

त्यस्तै २९ हजार २१५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ११८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

२६४ जना निको भए
पछिल्लो २४ घण्टामा २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ६ हजार ८११ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ४२.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

एकको मृत्यु
बागलुङ् निसीखोला गाउँपालिका–०३ का २९ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेका उनको असार २१ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए ।

यो सँगै नेपालभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

संक्रमितहरुको प्रादेशिक विवरण
प्रदेश नं.१             : ७१०
प्रदेश नं.२             : ४१८४
बागमती प्रदेश      : ६३९
गण्डकी प्रदेश       : ११७५
प्रदेश नं.५            : ३९८४
कर्णाली प्रदेश      : १५८१
सुदूरपश्चिम प्रदेश  : ३६९१

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.