८ असोज, काठमाडौं । बिहीबार देशभर २८ जना भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने गर्दछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १३ जना, प्रदेश नं २ मा १६ जना, बागमती प्रदेशमा १४१ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नं ५ मा ४१ जना र कर्णाली प्रदेशमा १५ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा २ जना र बागमती प्रदेशमा २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा बिहीबार १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ४ सय ५७ जना उपचारपछि निको भएका छन् भने १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।