८ असोज, काठमाडौँ । नेपालमा बिहीबार एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ५५ वर्षीय महिला, सुनसरीमा ८१ वर्षीय महिला, भक्तपुरमा ७३ वर्षीय महिला, काठमाडौँमा ८२ वर्षीय महिला, धादिङमा ३२ वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै झापामा ७८ वर्षीय पुरुष, धनुषामा ६८ र ७० वर्षीय दुई पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ८४ वर्षीय पुरुष, काठमाडौँमा ७५, ७९ र ८० वर्षीय तीन पुरुष, तनहुँ र दाङमा ३९/३९ वर्षीय पुरुष, कपिलवस्तुमा ५० वर्षीय पुरुष र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।