Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ४ सय ३० पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टा भित्र उपत्यकामा २ जना महिला र ४ जना पुरुष गरी ६ जनाको मृत्यु भएको छ भने देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार देशभरी १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ सय ५७ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.