१५ असोज, काठमाडौं । बिहीबार देशभर २४५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । संक्रमितहरु २५ जना भेन्टिलेटर र २२० जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २० जना, प्रदेश नं २ मा १८ जना, बागमती प्रदेशमा १०८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ५२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा १ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ३ जना, बागमती प्रदेशमा १९ जना र प्रदेश नं ५ मा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९ सय ६१ जना संक्रमित निको भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।