२४ असोज, काठमाडौँ । कोरोना संक्रमण भएर उपचारत नेकपा सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणको लक्षण देखिएपछि कोरोना परीक्षण गरेकी चौधरीको असोज १९ गते रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा कठिनाई भोगिरहेकी चौधरीको स्वास्थ्यमा सुधार नभएपछि गएराती आई.सी.यु.मा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण भएपछि चौधरीले नियमित रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहेकी थिइन् ।
‘श्वासप्रश्वासमा अलि कठिनाई भईरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने तथा अक्सिजनको मात्रा समेत कम भएको महसुस हुन्छ त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु ।’ दुई दिन अघि मात्र चौधरीले आफ्ना शुभेच्छुकहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् ।
१० वर्ष अघि स्तन क्यान्सर भएपछि उनले लामो समयसम्म भारतमा उपचार गराएकी थिइन् ।