Nepal's Trusted Health Online Portal

४८० जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचाररत

Get real time updates directly on you device, subscribe now.

२३ कार्तिक, काठमाडौँ । आइतबार देशभर ८२ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३९८ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ४५ जना, प्रदेश नं. २ मा ७ जना, बागमति प्रदेशमा १८० जना, गण्डकी प्रदेशमा ८९ जना, लुम्बिनी प्रदेशमा ५७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना आई.सी.यु.मा उपचाररत छन् ।

प्रदेश नं. १ मा १५ जना, प्रदेश नं. २ मा २ जना, बागमति प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ८ सय १२ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.