२९ मंसिर । काठमाडौँ उपत्यकामा सोमबार थप ३ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १४२ जना महिला र १९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ११३ पुगेको छ । जसमध्ये ६७७ जनाको मृत्यु भएको छ भने १ लाख ९ हजार ७६१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४ हजार ४८८, ललितपुरमा ३५० र भक्तपुरमा ८२९ गरी ५ हजार ६६७ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी ८२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ सय ४२ जना संक्रमित निको भएका छन् । त्यस्तै १८ जना संक्रमितको ज्यान गएको छ ।