Nepal's Trusted Health Online Portal

३६९ कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

Get real time updates directly on you device, subscribe now.

३० मंसिर । मंगलबार देशभर ३६९ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४८ जना भेन्टिलेटर र ३२१ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३७ जना, प्रदेश नं २ मा ९ जना, बागमती प्रदेशमा १२७ जना, गण्डकी प्रदेशमा ९७ जना, प्रदेश नं ५ मा ३८ जना, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ७ जना गरी ३२१ जना आई.सी.यु.कक्षमा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा १ जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ८ जना, प्रदेश नं ५ मा ४ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा मंगलबार ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् भने १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.