१६ वैशाख, काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरत गौतमलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
संक्रमण पाेजेटिभ देखिएपछि गौतम ४ दिनदेखि होम आइसोलेसनमा बसेका छन्। उनकाे स्वास्थ्य सामान्य रहेकाे बताइएकाे छ ।
गौतमसहित सचिवालयका अन्य चार जनालाई समेत कोरोना संक्रमण भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।