Nepal's Trusted Health Online Portal

पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा सारेर उपचार थालिएको हो । अहिले उनलाई हाई फ्लो अक्सिजन सपोर्टमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका अनुसार शाहको स्वास्थ्यमा थप समस्या भने देखिएको छैन । पूर्वराजा ज्ञानेन्द्रको भने स्वास्थ्यअवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ । उनलाई पनि अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.