Nepal's Trusted Health Online Portal

२४ घण्टा यता २१४ जना कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

३० वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार १६८ जना र मंगलबार २२५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट दिनहुँ सयौंको मृत्यु भइरहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ५५ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ३१ हजार १९१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख २१ हजार ५१८ अर्थात ७४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.