Nepal's Trusted Health Online Portal

काठमाडौं उपत्यकामा थपिए २,६३५ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा मंगलबार थप २ हजार ६३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मंगलबार देशभरी ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १९६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६ हजार ८९१ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ५२ हजार ४१४ अर्थात ७४.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.