११ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा यसअघि बिहान ९ बजेसम्म खोल्न दिइएको किराना पसल र डिपार्टमेन्ट स्टोर सञ्चालनमा रोक लगाइने बताइएको छ । तरकारी, फलफुल, दुध, मासु र ग्यासको पसल भने बिहान ९ सम्म यथावत सञ्चालन गर्न दिइनेछ ।
कोरोना भाइरसको संक्रमण अपेक्षाकृत नघटेको तथा आवागमनमा कडाइ हुन नसकेको निष्कर्षसहित थप कडाइ गर्दै जेठ २० गते मध्यरातसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।