११ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
काठमाडौं जिल्लामा हाल १६ हजार ३३८ जना, ललितपुरमा ७ हजार १५२ र भक्तपुरमा ४ हजार ९५३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै कोरोना संक्रमण भएर हालसम्म काठमाडौं जिल्लामा १ हजार ५०५, ललितपुरमा ३९७ र भक्तपुरमा ३०२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म १ लाख ८० हजार ९९४, ललितपुरमा ३१ हजार ७८५ र भक्तपुरमा १८ हजार ९७९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ