Nepal's Trusted Health Online Portal

नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा

खोप दिने घोषणा गर्नुअघि दुबै राष्ट्रपतिबीच भएको थियो टेलिफोन वार्ता

Get real time updates directly on you device, subscribe now.

१२ जेठ, काठमाडौं । चीन सरकारले नेपालका लागि तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेकी थिइन् ।

करिब पौने एक घण्टा भएको टेलिफोन वार्तामा राष्ट्रपति भण्डारीले समकक्षी सीलाई तत्कालै खोप उपलब्ध गराउन विशेष आग्रह गरेकी थिइन् ।

चीन सरकारले कोरोना विरुद्ध सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप तत्कालै अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो ।

 

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.