१५ जेठ, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै नागरिकलाई निशुल्क खोप प्रदान गर्नका लागि सो बजेट छुट्टयाइएको बताए ।
सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि मात्रै ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।