Nepal's Trusted Health Online Portal

गत २४ घण्टामा उपत्यकाका १ हजार ९३ जनालाई देखियो कोरोना

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा कोरोनाका नयाँ संक्रमितको संख्या घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आइतबार देशभरी ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर १०९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.