२५ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण भएका केसमध्ये ५ लाख ४ हजार ५३० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ११ हजार ३०८ पुगेको छ । संक्रमितमध्ये ३८.९६ प्रतिशत महिला र ६१.०४ प्रतिशत पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म आरटी पीसीआर विधीबाट ३१ लाख ६७ हजार १२९ नमुना परीक्षण गरिएको छ भने ८१ हजार ४६३ ओटा नमुना एन्टिजेन विधीबाट गरिएको छ ।
परीक्षण गरिएकामध्ये आरटी पीसीआर विधीबाट ५ लाख ९५ हजार ३६४ तथा एन्टिजेन विधीबाट १५ हजार ९४४ केस पोजिटिभ देखिएको हो ।
संक्रमितमध्ये २ लाख ३१ हजार ९२५ अर्थात ३८.९६ प्रतिशत महिला र ३ लाख ६३ हजार ४३९ अर्थात ६१.०४ प्रतिशत पुरुष छन् ।
नेपालमा अहिले १३.९० प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने १.३६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
कोरोना भाइरसबाट संक्रमितमध्ये ८ हजार ९८ जनाले ज्यान गुमाएका हुन् ।