२७ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण घट्दै गएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ५४०, ललितपुरमा १२५ र भक्तपुरमा ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बिहीबार देशभरी ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ५९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।