२९ जेठ, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार २९५ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख २७ हजार १११ अर्थात ८६.९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।