५ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभरी ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५९५ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ अर्थात ९४.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।