५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सीताको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका हुन् । देउवाले सीताको स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘प्रचण्डजीकी धर्मपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे आज उहाँकै निवासमा पुगेर जानकारी लिएँ, देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीताजीलाई चाँडै स्वास्थ्यलाभको कामना गर्दछु ।’
प्रचण्डपत्नी सीता दाहाल विगत लामो समयदेखि जटिल प्रकारको पार्किन्सस रोगबाट पिडीत छिन् ।
