५ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ७१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ५३१, ललितपुरमा १४७ र भक्तपुरमा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मंगलबार देशभरी ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।