१२ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ७५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ७१८ जना भने संक्रमणमुक्त भएका छन् ।
मंगलबार देशभरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ४७ हजार ७९ अर्थात ९४.४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।