२७ पौष, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुखमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
सरकारले केहीदिन अघि वीर अस्पतालको नेतृत्वमा १२औं तहका रहने गरी दरबन्दी पारित गरेअनुरुप चिकित्सक डा.लोहनीलाई वीर अस्पताल प्रमुखको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि वीर अस्पतालका निमित्त प्रमुख डा.भुपेन्द्रकुमार बस्नेत थिए । लोहनीले प्रमुखको रुपमा जिम्मेवारी पाएसँगै डा.बस्नेत जिम्मेवारीविहीन भएका छन् ।