६ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च संक्रमण दर हो । त्यस्तै ६४९ जना भने संक्रमणमुक्त भएका छन् ।