१४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ५४ हजार ८६३ पुगेको छ । जसमध्ये काठमाडौंमा ३८ हजार २२, ललितपुरमा १० हजार ३१९ र भक्तपुरमा ५ हजार ६९४ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १० जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ४३२ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ४२ हजार ४३६ अर्थात ८९.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६९७ जनाको मृत्यु भइसकेकोे छ ।