१४ माघ, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा हाल कायम जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
सीसीएमसीसीले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।
सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको हो ।
निजी र ट्याक्सीमा भने जोरबिजोर प्रणाली नै लागु हुनेछ । निजी र ट्याक्सीबाहेकका सवारीमा भने जोरबिजोर हटाउन सीसीएमसीसीले सिफारिस गरेको हो ।