Nepal's Trusted Health Online Portal

५१ जना भेन्टिलेटर र २८५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

Get real time updates directly on you device, subscribe now.

१६ माघ, काठमाडौँ । आइतबार देशभर ३३६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ५१ जना भेन्टिलेटर र २८५ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ४ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश नं १ मा ३६ जना, मधेश प्रदेशमा १५ जना, बागमती प्रदेशमा १९१ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनीमा प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी २८५ जनाको आई.सी.यु.कक्षमा उपचारत छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको भने ६ हजार ३५९ जना संक्रमित निको भएका छन्

त्यस्तै गत माघ १३ देखि छुटेका विवरणसहित ३२ जना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.