२३ माघ, काठमाडौँ । आइतबार देशभर ३१५ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ४६ जना भेन्टिलेटर र २६९ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ४ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश नं १ मा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १८३ जना, गण्डकी प्रदेशमा १५ जना, लुम्बिनीमा प्रदेशमा ३१ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ९ जना गरी २६९ जनाको आई.सी.यु.कक्षमा उपचारत छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भने ८ हजार ७०४ जना संक्रमित निको भएका छन्
त्यस्तै ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।