१० चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ३५ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २६६ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८८१ आरटी पीसीआर विधि र १ हजार ३८७ एन्टिजेन गरी जम्मा ५ हजार २६८ नमुना परीक्षण गरिएकोमा ३५ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ४५८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६४ हजार १२७ केस संक्रमणमुक्त भएको छ । अब देशभर २ हजार २१९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.६ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।