९ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ३८ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २६९ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८५५ आरटी पीसीआर विधि र १ हजार ५८१ एन्टिजेन गरी जम्मा ५ हजार ३७६ नमुना परीक्षण गरिएकोमा ३८ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ४२३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६३ हजार ८६१ केस संक्रमणमुक्त भएको छ । अब देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।